सलमानको ‘भारत’ ट्रेलर सार्वजनिक

भारतीय फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खानलाई भिन्न भिन्न अवतारमा देख्न सकिन्छ । भारतमा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । सलमान खान र क्याटरिना केफ स्टारर फिल्म ‘भारत’ आगामी बर्षको इदमा प्रदर्शनमा आउदै छ । ट्रेलर ३ मिनेट ११ सेकेन्डको छ । ट्रेलरमा एक व्यक्तिको ६० बर्षको जिवान यात्रालाइ देखाईएको छ । फिल्ममा सलमानको साथमा क्याटरिना र दिशा पटानी छन् ।