विनायक र सपना ‘टुरिजम एम्बासडर युनिभर्स’ का लागि मलेसिया जादै

अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिस्टर एण्ड मिस टुरिजम एम्बासडर युनिभर्स २०१९’ मा नेपालीले समेत सहभागिता जनाउने भएका छन् ।

नेपालबाट पुरुष तर्फ विनायक राज पोखरेल र महिला तर्फ सपना भण्डारीले मलेसियामा हुने उक्त प्याजेन्टमा सहभागिता जनाउने पक्का भएको हो ।  जुलाई १ देखि जुलाई ७तारिक सम्म चल्ने कार्यक्रम लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाह मलेसियामा हुने छ ।  मिस्टर एण्ड मिस नेपाल आइकन २०१९ बिजेता विनायक र सपना उपाधि जितेर आउन सफल हुन्,  शुभकामना ।