बेहुली बन्दा कस्ती देखिईन् ‘चपली गर्ल’ विनिता? (फोटोफिचर)

चपली गर्ल ‘विनिता बरालले बिवाह गरेकी छन् । तिलक पौडेलसंग उनले अमेरिकामा बिवाह गरेकी हुन् । फिल्म चपली हाइट खेलेर चर्चामा आएकी उनलाई प्रोपोगण्डा क्विन समेत भन्न सकिन्छ । अर्ग्यानिक खेती, उपन्यास ‘जुइनो’ प्रकाशन, पढाइका लागि अमेरिका यात्रा लगायतले उनी मिडियामा छाइनै रहन्थिन् । उनको प्रेम सम्बन्ध समेत रोचक नै छ उनले भाइ भन्दै आएकी थिइन् उनका हालका पति तिलकलाई । तर केहि समयको प्रेम सम्बन्ध पश्चात प्रेमी भन्दै सामाजिक संजालमा तस्विर सार्वजनिक गरिन् । करिव ४ वर्षको प्रेम सम्बन्ध पश्चात उनी बिवाह बन्धनमा बाधिएकी छन् । अमेरिका निवासी पौडेलसंग उनको बैवाहिक जीवन सफल होस्, शुभकामना !