बिहे अगावै गर्भवती विनिता ?

चपली गर्ल बिनिता बराल गर्भवती भएकी छन् । यो खबर उनी आफैले सामाजिक संजाल मार्फत सेयर गरेकी हुन् ।

बेबी बम्प सहितको तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘सरप्राइज सरप्राइज लिटिल बिनिता अन बोर्ड’ । उनले आफ्ना श्रीमान तिलक पौडेललाई ‘हामी गर्भवती छौ’ भन्दै मेन्सन समेत गरेकी छन् ।

यी दुइको बिवाह मे २७ अर्थात चार महिना अघि मात्रै भएको थियो । तर उनको पेट हेर्दा लाग्छ उनी ४महिनाकी मात्रै गर्भवती होइनन् ।

विवाह अघि पनि उनका प्रेमीलाई ‘भाइ’ भन्ने सम्बोधन गरेकी थिइन् । त्यसको केहि समयमा नै उनले सोहि व्यक्तिसंग इन्गेजमेन्ट गरेको खबर बाहिर ल्याइन् ।

उनको विवाह समेत अचानक भएको थियो । अमेरिकामा बस्दै आएकी उनी गर्भवती भएको कारण नै बिवाह बन्धनमा बाधिएकी हुन् कि भन्ने चर्चा चल्न थालेको छ ।

खैर ! गसिप क्विन बिनिता बराललाई ‘मदरहुड’ को शुभकामना।