मेरो फिल्मकर्मी विनोद पुरस्कृत

चलचित्र पत्रकार संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै  ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ द्वारा  यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।