विदेशी फिल्म जहिले रिलिज गरेपनि हुन्छ ?

जात्रै जात्रा ५ हप्तामा प्रवेश गरेको छ । जात्रै जात्राले शो राम्रो पाएको छ । नयाँ नेपाली फिल्म प्रेमदिवस आजबाट रिलिज भयो । फिल्मले सय बढी हल पाएको छ ।  दर्शकले फ्रेस नेपाली फिल्म हेर्न पाएका छन् ।

भोली एउटा हिन्दी फिल्म छ । दे दे प्यार दे । दे दे प्यार दे जेठको ३ गते आउनपर्ने फिल्म थियो, आएन । किन आएन वितरकले भन्नेछन् । दे दे प्यार दे भारतमा हिट छ । फिल्म इन्टरनेटमा पाइरेसी पनि छ ।

भारत फिल्म वुधबार नै रिलिज गर्न नेपाली फिल्मका वितरक लागेका हुन् । लागेर मुद्दा जितेर भारत फिल्म रिलिज गरे । तर, भारतले उनीहरुले चाहे जस्तो सन्तुष्टीको व्यापार दिएन ।

दे दे प्यार दे फिल्म नेपालका मल्टिप्लेक्सले भारतमा रिलिज भएको पाँच हप्तापछि लगाउन लागेका छन् । वीग मुभिजले पाइरेसी भएको फिल्म भनेर लगाएन ।

क्यूएफएक्सलाई त मतलब छैन । फिल्म पाए लगाइदिन्छ । दे दे प्यार दे भोली किन आयो ? हिन्दी फिल्म चलाउन यहाँ कुनै सेड्यूल छैन । भारतमा जुन दिन चल्यो त्यही दिन चलाउन पाउनुपर्छ भनेर मुद्दा लड्ने पनि नेपालका वितरक । फेरि भारतमा चलेका ५ हप्तापछि नेपालमा चलाउन खप्पिस पनि नेपाली वितरक । नेपाली फिल्म रिलिजको तालिका हेर्नुछैन । जुन दिन मन लाग्यो, त्यही दिन लाइदियो । यसले फिल्म ल्याएका वितरकले पैसा कमाउलान् । तर, नेपाली फिल्म समस्यामा पर्दैन र ?

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले यसरी फिल्म रिलिज गर्दा नेपाली फिल्म समस्यामा पर्ने बताए । उनले वितरकलाई केही पैसा फाइदा भएपनि नेपाली फिल्मलाई पनि वितरकले ख्याल गर्न पर्ने बताए । पाइरेट फिल्म नेपाल आएर घाटा नहुने तर्क उनको छ ।

क्याप्टेन मार्भल पनि यही भयो । रिलिजको समयमा पैसाको बार्गेनिङ नमिलेर रिलिज नभएको क्याप्टेन मार्भले लभ स्टेशन चलेको दिनमा आएर नेपाली फिल्मलाई घाटा भयो । डम्बो नामक अंग्रेजी फिल्म पनि यस्तै भयो । रिलिज हुनुपर्ने समय भन्दा ३ साता ढिलो गरे । नेपाली फिल्ममाथि नै अप्ठ्यारो पारे ।

नेपाली फिल्ममाथि वितरकको धावा सुरु भएको छ । यो धावाले हप्तामा एकपटक भएपनि नेपाली फिल्म हेर्नुपर्छ भन्ने दर्शकको बानी विगार्न सक्छ । उनीहरु, विदेशी फिल्ममा आकर्षित हुन्छन् । यसले फाइदा कसलाई हुन्छ ? ताजा रिलिज गर्ने भए विदेशमा रिलिज भएको दिनमै गरौ । नत्र, आफूलाई मन लागेको डेटमा नेपाली फिल्मको प्रवाहा नगरी रिलिज नगर्दा राम्रो हुन्छ । कि वितरकर्लाइ नेपाली फिल्मको माया छैन ?