‘ब्ल्याक विडो’ को टिजर सार्बजनिक

मार्भेल स्टुडियोले निर्माण गरेको सुपरहिरो फिल्म ‘ब्ल्याक विडो’ को टिजर सार्बजनिक भएको छ । केट शर्टल्याण्डले निर्देशन गरेको फिल्ममा स्कारलेट जोहनसनको मुख्य भूमिका रहेको छ । स्कारलेट जोहनसन यस पटकको ओस्कार अवार्डमा ‘उत्कृष्ट अभिनेत्री’ र ‘उत्कृष्ट सहअभिनेत्री’ दुवै विधाको मनोनयनमा परेकी छिन ।

लायन्सगेट कम्पनिले सन् २००४ मै फिल्म निर्माण गर्ने प्रयास गरेको थियो तर सफल हुन नसके पछी सन् २००६ मा सुपरहिरो चरित्र ‘ब्ल्याक विडो’ को अधिकार मार्भेल स्टुडियोले लिएको थियो । मे १ मा रिलिज हुने फिल्म ‘मार्भेल सिनेम्याटिक युनिभर्स’ को २४ औ फिल्म हुनेछ ।