विवाह अगावै आमा बन्दै देशी ब्वाइज नायिका

मोडल तथा नायिका ब्रुना अब्दुल्लाह बिहे नगरी आमा बन्न लागेको खबर बाहिरिएको छ । ब्रुना बाज्रिलियन मोडल हुन् । बनाले आफू प्रेमीसँग निकै खुसी रहेको बताउँदै सन्तान जन्माउन बिहेभन्दा पनि आपसी समझदारी चाहिने बताएकी छन् । उनी भन्छिन्, ‘विवाह प्रेमीलाई दिइने प्रमाणपत्र मात्रै भएकाले बच्चा जन्माउनुमा बिहे हुनु र नहुनुले असर पार्दैन ।’ हाल उनी पाँच महिनाकी गर्भवती छन्।

उनले ग्रान्ड मस्ती, हेट लभ स्टोरी, क्यास, जय हो, देशी ब्वाइज, मस्तिजादेलगायतका हिन्दी फिल्ममा अभिनय गरिसकेकी छन् । यसका साथै विभिन्न रियालिटी सो, कमेडी क्लासमा पनि काम गरेकी छन् । ब्रुनाले गत जुलाईमा बेलायती प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी हुन् ।