बुहारी हो नी !!!

कहाँ छौ ?
मन्दिर जादै छु ।
अनि खाना कसले बनाउछ ?
घरमा जो छ उसैले भन्न मन थियो सकिन सायद । ‘खै’ भने ।
मेरो घुडा दुखेको छ, वास्ता पनि गर्दैनौ ।
म बिरामी हुदाँ ‘कति बिरामी हुन्छस?’ भनेको याद आयो । तर ‘ए हो र ?’ भन्दा केही बोलिन ।
किन गाको मन्दिर ?
तपाइँको छोरोको भाकल थियो रे, तयही भएर ।
ए ल ल के के गर्छौ खै…
टुट.टुट..टुट…
प्राय यस्तै हो आजकालको सम्वाद ।
म बिरामी छु, लगभग १ महिनाबाट । एकदम कम्जोर महसुस हुन्छ । तर एक छाक भात पकाउन नसेको कुरा सिद्दै घरमा पुग्छ र आउछ सासुको फोन । अँ साची जागिरे बुहारी नि मिसकल आउछ । दिन भरि दुनियालाई फोन गरेर दुनियाको कुरा काट्न सक्ने वहाँसंग मलाई कल गर्ने पैसा हुदैन ।
आइमाई कुरौटे हुन्छन् भन्ने कुरा पनि अजिव लाग्छ । किनकी कुरा लगाउने भनेको कुनै स्पेसीफिक सम्बन्धको काम हो झैँ लाग्छ । नत्र पुरुष नै पुरुष भएको घरमा म एउटाले कुरा नगर्दा घरमा खाना नपाकेको देखि म घर ढिलो आको सम्मको खबर गाउँमा बसेकी मेरी सासुलाई कसरी थाहा हुन्छ ?
आफु भोकै बसेको १० दिन कसैलाई मतलव हुन्न । तर एक छाक खाना पकाउन नसकेको नभ्याएको चर्चा सबै तिर चल्छ । साँची म त बुहारी हो नी !!!