कक्रोज र बलेको ‘क्यालकुलेटर’ (भिडियो)

गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको गीत ‘क्यालकुलेटर’  सार्वजनिक भएको छ । गीतमा डिपी खनालको शब्द रहेको छ भने विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ । हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक र गम्भिर विष्ट फिचर्ड छ ।