क्याप्टेनको गीतमा अनमोल र उपासनाको रोमान्स

अनमोल केसी अभिनित फिल्म क्याप्टेनको गीत ‘रहर छ संगै’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र सुगम पोखरेलको आवाज रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा डीगराज धौरालीको शब्द रहेको छ भने सैलेन्द्र एम प्रधानले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

अनमोलको होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म क्याप्टेनमा उनी फुटबल क्याप्टेनको भूमिका निर्वाह गर्दै छन् । भुवन केसी निर्माता रहेको फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् । प्रशान्त ताम्राकार फिल्ममा अनमोलको फुटबल कोचको भूमिकामा देखिने छन् । फागुन १७ देखि प्रदर्शनमा आउन लागेको फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, सरोज खनाल, विल्सन बिक्रम राईको साथमा नायिकाहरु उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतको अभिनय रहेको छ ।