पूनम सेल्फ क्‍वारेन्टाइनमा, अनि साम्राज्ञी ?

बेलायतमा फिल्म मारुनीको लागि पुगेकी निर्मात्री पुनम गौतम सेल्फ क्वारेन्टाइनमा बसेकी छिन्। उनीसँगै कार्यक्रममा सहभागी एक महिलालाई कोरोना भाइरस देखापरेसँगै उनी सुरक्षित बसेर डाक्टरको सल्लाह लिदै गरेको बताउँछिन् ।

उक्त कार्यक्रमहरुमा एक साथ थिइन्, नायिका साम्राज्ञी आर एल शाह । उनी समय समय सामाजिक सञ्जालमा सन्देश दिन भने झुल्किदै छिन् । स्टोरी हेर्दा लाग्छ उनी घरमै छिन्। तर के उनी सुरक्षित छिन् ? डाक्टरको सल्लाह लिदै छिन् ? चेकजाँच गरिन् ? के हुँदै छ त ?

उनी परिवारका साथै साथीभाइसँग पनि रमाइलो गर्दै देखिन्छिन् । हुन त उनी नेपाल आएको ३ हप्ता भइसकेको छ। तर पनि सावधानी अपनाउन जरुरी छैन होला र ?

ठिक छ, उनको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको कारण उनलाई केही नहोला रे ! तर उनको वरिपरीका भएका कमजोर व्यक्तिहरुसम्म भाइरस पुग्यो भने ?

सुरक्षित रहनुस् है सम्राज्ञी जी ! रोगले जात, धर्म, वर्ण केही हेर्दैन नि !