राईलाई ‘सेलिब्रेटी सम्मान’

सेलिब्रेटी समाज नेपालले अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भएर नेपालको नाम राख्न सफल अन्तर्राष्ट्रिय धावक सन्तोष राईलाई ‘सेलिब्रेटी सम्मान’ प्रदान गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै धावक सन्तोष राईलाई सम्मान गरिएको हो । राई नेपालको चर्चित दौड नेवाः च्यारिटीको धरान रनका संस्थापक हुन् । हरेक वर्ष फेब्रुअरीमा हुने धरान रन सन् २०११ बाट सुरु भएर हालसम्म निरन्तर चलिरहेको छ ।

मुकुन्द हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिमानी खेलाडी दिपक बिस्ट,खेलाडी दिपक श्रेष्ठ,कलाकार सुनिल थापा,चलचित्र निर्देशक मिलन च्यास,चलचित्रकर्मी राजकुमार राइ लगायत थुप्रै संचारकर्मीको उपस्थिति रहेको थियो । सेलिब्रेटी समाज नेपालका तर्फ बाट जनक दीप पराजुलीले स्वागत मन्तब्य राखेर सुरु भएको कार्यक्रम सेलिब्रेटी नेपाल समाजका संस्थापक ज्योतिराज राइले समापन गरेका थिए ।