हङकङमा ‘च च हुई’ टिम

फिल्म ‘च च हुई’ को छायाँकन गत साता देखि हङकङमा भईरहेको छ । साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको पछिल्लो फिल्म छायांकनका लागि एक साताको सेड्युल लिएर गत शुक्रबार निर्माण टिम प्रस्थान गरेको थियो । नर्थ पोइन्ट , जोर्डन , गार्डेन हिल लगायतका स्थानमा फिल्मको छायाँकन भइरहेको छ ।

छायाँकनका लागि अभिनेता आर्यन सिग्देल , माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा लगायत हङकङमा छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाँकन भइरहेको छ । पुस्कर गुरुङ , मिरुना मगर , बबिता मल्ल लगायतको अभिनय रहेको फिल्मको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला टिम हङकङ पुगेको हो । त्यसपछि नेपाल आएर फिल्मको गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो भने यसलाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् ।