घरेलु हिंसामा छविविरूद्ध शिल्पाले दिइन् प्रहरीमा उजुरी

निर्माता छविराज ओझा विरूद्ध उनकी पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले महानगरीय प्रहरी परिसर टेकुमा घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले आइतबार काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन् ।

छलफलका लागि उनीहरूलाई आज बुधबार दिउँसो प्रहरी परिसर बोलाएको महानगरीय प्रहरी परिषर प्रमुख होवेन्द्र बोगटीले जानकारी दिएका छन् । रेखा थापासंग सम्बन्ध बिच्छेद गरे पश्चात छविले शिल्पासंग बिवाह गरेका थिए । तर बिवाह गरे पनि सम्बन्धलाई स्वीकारेका भने थिएनन् । जीवन भर साथ दिने भन्दै आएकी शिल्पा अहिले भने आफु घरेलु हिंसामा परेको कारण छवीबाट टाढा हुन चाहेको बुझ्न सकिन्छ । फिल्म लज्जा मार्फत छवीले नै शिल्पालाई हिरोइनको रुपमा डेब्यु गराएका थिए ।