छवि-शिल्पा बिरुद्धको जाहेरी महिला सेलमा

निर्माता छवीराज ओझाकी श्रीमती हेमा ओझाको जाहेरी महिला सेलमा गएको छ । हिजो आइतवार फिल्म निर्माता ओझा र अभिनेत्री शिल्पा पोखरेल विरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

ओझाकी जेठी श्रीमती हेमा ओझाले उनीहरुलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन् । २०४१ सालमा आफूहरुको विवाह भएको उल्लेख गर्दै उनले दिएको जाहेरीमा २०७५ पुस ११ गते छवि र शिल्पा पोखरेलबीच विवाह भएकाले बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी छिन् ।

प्रमाण अभावमा आफ्ना श्रीमानको अन्य महिला संग विवाह भएको चर्चा चल्दा चल्दै पनि आफुले केहि गर्न नसकेको अवस्थामा प्रमाण प्राप्त गर्न साथ जाहेरी दिएको उक्त जाहेरीमा उल्लेख छ । उनीहरुका २ छोरा राजीव र महेश छन् भने हेमाले आफ्ना पिताको थर ‘गौतम’ छोडेर ‘ओझा’ नै लेख्ने गरेकी छन् ।