छवि-शिल्पा प्रकरणमा विकास र सम्झना विरुद्ध अख्तियारमा उजुरी

छवी राज ओझा र शिल्पा पोखरेलको विवाहमा साछी बसेका बिकाश रौनियार र सम्झना उप्रेती रौनियार बिरुद्ध अक्तियारमा उजुरी परेको छ । उनीहरुको साथमा काठमाण्डौ महानगरपालिका वाडा नम्बर ८ का अध्यक्ष र केहि कर्मचारी विरुद्ध अख्तियारी दुरुपयोग गरेको आरोपमा हेमा ओझाको मुद्धा हेरिरहेको यूनाइटेड नेपाल लिगल सर्भिसेजले उनीहरुमाथी बहुविवाह गराएको आरोपमा उजुरी दर्ता गरेको अधिवक्ता स्वागत नेपालले बताएका छन् ।

छविकी पहिलो पत्नी हेमा ओझाले बहुविवाहको जाहेरी दिएसंगै यो सम्बन्धमा ट्वीस्ट आएको थियो । उक्त जाहेरी परे संगै पहिलो विवाह कायम रहदै भएको निर्माता ओझा र अभिनेत्री पोखरेलको बिवाहमा साछी बसेको कारण उनीहरको नाम यो प्रकरणमा मुछिएको हो ।  उनीहरु दोषी ठहर भएमा बहुविवाहको मुद्धामा दोषी ठहर भएकाहरुलाई तोकिएको सजायको आधा सजाय उनीहरुले समेत भोग्नु पर्ने हुन्छ । बहुविवाहको मुद्धामा दोषीलाई १ देखि ५ वर्षसम्म जेल र १० देखि ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ ।


को हुन् त विकाश रौनियार र सम्झना उप्रेती रौनियार ?
नेपाली फोटो पत्रकारितामा प्रमुख स्थानमा नाम आउने पत्रकार हुन् विकास रौनियार ।  उनी पुर्व कानितिपुर कर्मी हुन् भने छवी शिल्पा विवाहका एकमात्र तथा अफिसियल फोटोग्राफर समेत उनी रहेका थिए ।
फिल्म मेघा र फागुकी निर्देशक तथा विकास रौनियारकी पत्नी हुन्. सम्झना उप्रेती रौनियार ।  करिश्मा मानन्धरको फिल्म फागु समेत उनले नै निर्देशन गरेकी हुन् । हाल उनी संचारकर्मीको रुपमा परिचय बनाउने क्रममा रहेकी छिन् ।

छवी शिल्पा प्रकरणमा यी दुइको सहभागिता
छवी र शिल्पाको परम्परागत विवाहका फोटोग्राफर विकास थिए भने स्थान र तयारीको सम्पूर्ण कार्य यी दुईले नै सम्हालेका थिए । रगतको नाता केहि नभए पनि उनीहरुलाइ शिल्पाले टिका लगाएर दाई भाउजु बनाएकी हुन् । ६महिना अघिको कानुनि विवाह दर्तागर्दा साछी बसेका थिए । असार ८को झगडा पछी पनि शिल्पा उनीहरुकै घरमा बस्दै आएकी छन् ।  साथै प्रहरी परिसर टेकुमा जाहेरी दिन र छलफलमा सहभागी हुन समेत यी दुइको साथ लागेर शिल्पा गएकी थिइन् । सुरुको अवस्थामा शिल्पाको फोन उठाउने र कानको जाली फुटेको खवर बाहिर ल्याउने समेत सम्झना नै रहेकी थिइन् ।

तस्विर : सम्झना उप्रेती रौनियारको फेसबुक बाट