सन्जु र रबिनको ‘चाँदी कहाँ होला’ सार्बजनिक

सन्जु न्यौपाने र रबिन लामिछानेको स्वरमा ‘चाँदी कहाँ होला’ बोलको गीत युट्युब मा सार्बजनिक गरिएको छ । यो लोक दोहोरि गीतमा गीतमा नवराज पन्तले शब्द रचना र प्रकाश पराजुलीको संगीत रहेको छ ।

गीतको भिडियोमा चर्चित गायक दुर्गेश थापा, ओबी रायमाझी, निशा न्यौपाने र जुना गुरुङको अभिनय रहेको छ । करण चैसिरले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा मौसम हिमालीको करियोग्राफी तथा निर्देशन रहेको छ ।