तीज गीत ‘छड्के नजर’ (भिडियो)

गायिका रिता केसीको स्वर रहेको तीज गीत ‘छड्के नजर’ सार्वजनिक भएको छ । यशोदा थापा ‘यशु’को शब्दमा राजन कार्कीको संगीत रहेको गीतको भिडियोमा प्रकाश राउतको कोरियोग्राफी तथा निर्देशन रहेको छ । राम कुमार केसीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ भने गायिका केसीसंगै मनोज ओलीको अभिनय देख्न सकिन्छ ।