फिल्म चल्ने समयमा दिपकको अर्को ‘जाल’

फिल्म छ माया छपक्कै प्रदर्शनको क्रममा छ । अशोक शर्मासंगको विवादको कारण दिपक दिपा टिमले दशैं अगाडी फिल्म लगाउन पाएनन् । त्यसैले दशैंको टिका पछी मात्रै फिल्म हलमा लाग्ने भएको छ ।

यहि बीच उनले पुनः एक पटक छक्का पन्जा २को जालो फ्याकेका छन्। उनले पटक पटक युटुवमा आउछ भन्दै आएका थिए । यहि क्रममा उनलाई पछिल्लो समय गालीको बर्षा हुने गरेको थियो ।

फेरी नयाँ फिल्म आउन लाग्दा उनले पुरानो फिल्मको जाल फ्याकेका छन्, हाइलाइटस् नेपालको टाउकोमा दोष थुपार्दै ।

हुन त फिल्म नआउनुमा हाइलाइटस् को पनि हात होला । तर राजनीति गर्न जानेका दिपकको यो रणनीति दर्शकले नबुझ्लान र ?