मेरो फिल्मकर्मी विनोद लगायत पाँच सम्मानित हुदै

चलचित्र पत्रकार संघले ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । सम्मानबाट यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।

संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ ।

संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । आगामी जेठ ७ मा हुन गईरहेको २०औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी प्राप्त भएको छ ।