कोरोनाले चिनियाँ निर्देशक सहित ३ सदस्यको मृत्यु

नोवेल कोरोना भाइरस संक्रमणबाट चीनको वुहानमा ५५ बर्षिय चिनियाँ फिल्म निर्देशक चाङ खाइको मृत्यु भएको छ । यसअघि खाइको बुवा, आमा र बहिनीको समेत मृत्यु भैसकेको छ । उनकी श्रीमतीलाई समेत संक्रमण भएको छ । निर्देशक चाङले मृत्युअघि एक पत्र लेखेका रहेछन् । उनको यो पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले लेखेका छन् ‘मेरो बुवालाई ज्वरो, खोकी र सास फेर्न समस्या भएको थियो । हामीले उहाँलाई अस्पताल लाने प्रयास गरेका थियौ तर कुनै पनि अस्पतालले उहाँको भर्ना लिएन । किनकी कुनै अस्पतालमा पनि बिरामी राख्ने बेड खाली थिएन ।’

चाङ सन् १९८९ मा फोटोग्राफी अध्ययन गर्न वुहान विश्वविद्यालय, पत्रकारिता संकायमा भर्ना भएका थिए । त्यसपछि उनी हुबेई फिल्म स्टुडियोसँग जोडिएका थिए ।