छपाक प्रभाव : एसिड पीडितलाई पेन्सन

भारतको उत्तरखण्डको बिजेपी सरकारले दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’ बाट प्रवाहित भएर एसिड आक्रमणका पिडितलाइ पेन्सन दिने प्रक्रिया अगाडी बढाएको  छ । महिला तथा बालबिकास मन्त्रि रेखा आर्यले उक्त कार्य अगाडी बढाउन लागेकी हुन् ।उनले आफुले सकेको सहयोग गर्ने र पिडितको जीवन सहज बनाउन हात अगाडी बढाएको बताएकी छन् ।

उक्त प्रपोजल क्याबिनेटमा राख्ने र प्रपोजल स्वीकार भए संगै पिडितले प्रत्येक महिना ५ ६ हजार रुपैया प्राप्त गर्ने छन्। फिल्मको विवादको बिषयमा समेत उनले कोहि व्यक्तिको जीवन संघर्षको कथामा बनेको फिल्ममा स्वयम् लाई नै समस्या छैन भने यो बिषयको त्यहि अन्त्य गर्नुपर्ने समेत बताइन ।