फस्टलुक संगै ‘चपली हाइट ३’औपचारिक घोषणा

एक कार्यक्रम आयोजना गर्दै फिल्म ‘चपली हाइट ३’को औपचारिक घोषणा गरिएको छ । फिल्म सस्पेन्स र थ्रिलर कथामा बन्ने उक्त पत्रकार सम्मेलनमा बताईयो । कात्तिकबाट छायांकनमा जाने फिल्म चैत बाट प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ । उक्त कार्यक्रममा फिल्मको फस्टलुक समेत सार्वजनिक गरिएको थियो ।

फिल्ममा नायक आमिर गौतम, नायिका स्वस्तिमा खड्का, सुपुष्पा भट्टको साथमा नव–कलाकार महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहने छ । अर्जुन कुमार र केडिसी हस्पिटलको संयुक्त लगानीमा बन्न लागेको फिल्ममा स्वस्तिमा र महेशको जोडी देखिनेछ भने सुपुष्पासँग नव–कलाकार प्रतिक श्रेष्ठले जोडी बाध्नेछन् । फिल्म निकेश खड्काले निर्देशन गर्दैछन् ।