‘चपली हाइट ३’ शुभमुहुर्त

फिल्म ‘चपली हाइट ३’को शुभमुहुर्त गरिएको छ । कार्यविनायक मन्दिरमा मंगलबार बिहान पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । मुहुर्तमा फिल्म मंग्सिर ५ गते बाट फ्लोरमा जाने समेत बताइएको थियो ।

अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् । फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमको साथमा नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ । फिल्म सस्पेन्स थ्रीलर कथामा आधारित रहनेछ । फिल्म अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।