अपराधी अर्पण : चपली हाइट ३ लुक्स सार्वजनिक

व्यवसायिक रुपमा सफल भएको फिल्म चपली हाइटको तेश्रो सिरिजको लुक्स सार्वजनिक भएको छ । फिल्मका मुख्य कलाकार अर्पण थापाको लुक्स निर्माण टिमले सार्वजनिक गरेको हो । सार्वजनिक तस्विरमा अर्पणको ओठ तल दुवै पट्टि सर्जरी गरेको दाग छ भने हातमा हतौड़ो बोकेका उनलाई रिसाएको देख्न सकिन्छ । तस्विर मार्फत उनी भिलेन भएको अनुमान समेत गर्न सकिन्छ ।

फिल्म चैत्र २८ बाट प्रदर्शनमा आउने छ । निकेश खड्काको निर्देशनमा छायाँकनरत फिल्ममा अर्पणको साथमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, नव अभिनेता महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहेको छ ।