‘चपली भिलेन’ अर्पण (तस्विर सहित)

सरकारको निर्णय पछि फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन अनिश्चित बनेको छ ।  सम्पूर्ण विश्व मै कोरोना संक्रमण बढेसंगै नेपालले समेत सावधानी अपनाउन जरुरी समेत थियो । यहि विच फिल्म छायांकनको क्रमका केहि तस्विर सार्वजनिक भएका छन्, जहाँ अर्पण थापालाई देख्न सकिन्छ ।  फिल्ममा नकारात्मक भूमिकामा देखिने अर्पणको लुक हेरेर धेरै दर्शकको मनमा चिसो पस्ने पक्का छ ।  अर्पणको मुखको दुवै पट्टि सिलाएको निसान छ भने उनको पहिरन समेत एक पटक मै याद हुने किसिमको छ ।  निलो रंगको सुटले उनको क्यारेक्टरलाई अझ जस्टिस दिन सहयोग गरेको भान हुन्छ ।