अन्जली अधिकारी अभिनित ‘चट्ट रुमाल’ सार्वजनिक

मेलिना राई र हरी राईको स्वरमा ‘चट्ट रुमाल’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत हरि राई कै रहेको छ । क्रान्ति केसीको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वय अञ्जली अधिकारी र दिक्पाल कार्कीले नृत्य प्रस्तुत गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई निराजन केसीले सम्पादन गरेका हुन् । गीतको मिक्सिङ र मास्टरिङ ड्रिम्स स्टुडियोका प्रकाश केसीले गरेका हुन् ।