भदौ २७ मा दर्शकले हेर्न पाउलान् त ‘छ माया छपक्कै’ ?

फिल्म छ माया छपक्कै यहि भदौ २७बाट प्रदर्शनमा आउने अनौपचारिक कुरा छ । तर आज भदौ ९भइसक्दा समेत फिल्मको एउटा पनि सामाग्री बाहिरीएको छैन । फिल्म प्रदर्शन अगाडी हुन पर्ने कम भन्दा कम प्रमोसन समेत थालिएको छैन  निर्माण टिमबाट ।

अहिले सम्म न पोस्टर सार्वजनिक भएको छ, न ट्रेलर, न त गीत नै । यो प्ररिप्रेक्षामा के फिल्म उक्त मितिमा आउला त ? प्रश्न चिन्न खडा भएको छ ।

अब त फिल्मका अधिकाम्स कलाकार चितवन पुगेका छन् । कार्यक्रम प्रस्तोता रवी लामिछानेको बिषयमा आवाज उठाउदै निर्माता शर्माले दिपक दीपाको टिम माथि बिस्वास गरेर नै त्यत्रो लगानी गरेका हुन् । तर उनको अपेक्षा बिपरित फिल्मका कलाकार अन्य विषयमा नै अल्जिएका छन् ।

उक्त मिति भन्दा पछी दशैँ अगाडी कुनै पनि हप्ता यस फिल्मले सोलो रिलिज पाउने सम्भावना देखिदैन । यस्तो परिस्थितिमा दिपक दिपाले फिल्मलाई कम महत्व पो दिएको हो कि भन्ने भान परेको छ । समग्र बिषयलाई नियाल्दा फिल्म भदौ २७बाट प्रदर्शनमा आउने सम्भावन एकदम न्युन छ । उक्त समय आउन नसके पछी फिल्म गएर कबड्डी ३ संग जुध्नु पर्ने हुन्छ । र सोलो रिलिज अपेक्षा गर्ने हो भने मुख्य चाडबाड भन्दा पछी फिल्म प्रदर्शन गर्नुपर्ने देखिन्छ।