छविको सम्पति मोह

निर्माता छवि राज ओझा कान्छी श्रीमती नायिका शिल्पा पोखरेललाई लिएर सम्झौता गर्न राजि देखिए  । तर आफुले मात्रै चाहेर नहुने  । शिल्पाले सम्बन्ध बिच्छेद नै चाहेकी छन्  । यहि क्रममा छविले सम्पतिको विषयलाई लिएर आशक्त रहेको भाव पोखेका छन्  ।

‘रेखाले यो बुढो मान्छेको के सम्पति लिनु भन्दै हामी दुइको कमाइ राहेको घर र गाडी नै छोडेर गइन्’ उनले भने । साथै रेखाको नाममा घर हुदा आफुलाई छटपटी भएको र नामसारी गरी आफ्नो बनाएपछि ढुक्क भएको बताए ।

एक अन्तर्वार्तामा ‘शिल्पालाई सम्पति के गर्नु हुन्छ?’ भनि सोधिएको प्रश्नमा उनले लोकलाई पनि बिचार गर्नु हुन्छ होला शिल्पाजीले । ५५ बर्षको बुढो मान्छेको सम्पति लिएर के नै गर्नु होला र फेरी वहाँ त धनाड्य परिवारकी छोरी बिराटनगरको उद्योग पनि वहाकै हो, भनेका छन्  ।

कानुनी रुपमा सम्बन्धमा बाधिएका यी दुइ छुट्टिदा शिल्पाले पक्कै पनि सम्पति त पाउछिन् नै  । फेरी उनले आफुले सम्पति लिने पनि भनेकी छन् ।

तर यस अवस्थामा छविको यो किसिमको अभिव्यक्तिले उनमा रहेको सम्पति मोहलाई स्पस्ट रुपमा देखाएको छ । श्रीमती भनेर ३ वर्ष सम्म राखेपछि छुटिने बेला सम्पति त दिन पर्यो नी छविजी ।  म बुढो मान्छे भनेर पन्छिन कहाँ पाइएला र !