छलफल सहमतिमा : छविले मागे माफी, शिल्पा रुदै बाहिरिन् !

सुरक्षाको माग राख्दै अभिनेत्री शिल्पा पोखरेलले श्रीमान निर्माता छवीराज ओझा बिरुद्ध हालेको उजुरी सहमतिमा टुंगिएको छ । झगडा पछि घर छोडेर बाहिरिएकी शिल्पाले करिव १५ दिन पछी आफु सुरक्षित नभएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । ओझाले श्रीमतीसंग माफी मागे संगै झगडा मिलेको छ ।

बनाएका दाइ भाउजु र आमाको साथ टेकु पुगेकी शिल्पा भने रुदै बाहिरीएकी छन् । उनको तर्फबाट बोल्दै फिल्म निर्देशक सम्झना उप्रेती रौनियारले यो सस्या सुल्झिए पनि बाकि कुराको लागि कानुनी रुपमा अगाडी बढ्ने बताएकी छन् । संचारकर्मीसंग बोल्दै शिल्पाले भोगेको मैले हो, पिडा मलाइ भएको छ भनेर आँसु खसाल्दै अब यस किसिमको पीडा नसही आफु जस्तै बाहिर आउन उधघोस गरिन् । ओझाले भने अरुको बहकावमा नलागी मिलेर बस्न शिल्पालाई आग्रह गरे र आफ्नो तर्फबाट सम्बन्ध बिच्छेद नहुने समेत बताए ।