‘एक दुई गर्दै शिल्पाको पनि मेरो जस्तै नहोस्’ निर्माता ओझा

निर्माता छवीराज ओझा र उनकी अभिनेत्री श्रीमती शिल्पा पोखरेलको आज तेस्रो वर्षगांठ । तर उनीहरुको सम्बन्धमा दरार आएको छ । सुरक्षाको माग राखी शिल्पाले श्रीमान विरुद्ध दिएको उजुरी सहमतिमा टुंगिएको छ ।

एक अन्तर्वार्तामा छवीले ‘मेरो लफडाका कारण एक दुइ हुदै चार विवाह पुग्यो । बजारमा मलाई ४ वटी विवाह गर्ने भनेर चिन्छन् । मसंग छुटिएर तपाइको पनि जिन्दगी एक्लै नचल्ला । तसर्थ मेरो जस्तै नराम्रोसंग नाम नचलोस् । आउनुहोस् बसेर सल्लाह गरौ ।’ भनेका छन् । उनले उजुरीलाई आधार लिएर अरु केहि अगाडीको बाटोको प्रमाण पो जुटाउने प्रयाश गरिदै छकी भनेर सम्बन्ध बिच्छेदतर्फ संका जाहेर गरे । घरको कुरा घर मै मिलाउने र आफु हदै सम्म लोयल हुने उनको कुरा छ । उमेर बढी भएको कारण आफुले बढी सम्झौता गर्ने र केही मात्रामा शिल्पाले पनि विवाहित नारीको हिसावले केहि सम्झौता गरेमा हामी एक भएर बस्न सक्छौ । अरुको कुरा नसुनी बसेर सल्लाह गरेर समस्या समाधान गरौ । म शिल्पा जी संगै बसेर मर्न पाए खुसि हुन्थे । उनले भनेका छन् ।