प्रकाश सपुत र शान्ति श्रीलाई ‘छिन्नलता नव प्रतिभा पुरस्कार’


गीत ‘बोल माया’ बाट गायिका शान्ती श्रि परियार र गायक प्रकाश सपुतले छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५ प्राप्त गरेका छन् । पुरस्कार प्राप्त गरे संगै खुशी साट्दै प्रकाश लेख्छन् :
गत वर्ष रिलिज भएको बोल माया’  गीतबाट गायिका शान्ती श्रि जी र मैले छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५ प्राप्त गरेका छौ । जुन मेरा लागि राष्ट्रीय स्तरमा प्राप्त गरेको अहिले सम्मकै ठुलो पुरस्कार हो । पुरस्कार गुठि प्रति कृतज्ञ ।  बाबाआमालाई पुरस्कार ग्रहण गरेको साक्षी राख्ने मन थियो । आमा खुसीले एक झप्का रुनुहुन्थ्यो होला पनि तर वर्खाको समयमा यात्रा जोखिमपुर्ण हुन्छ भनेर गाउबाट आउनुस भन्न सकिन । जहा भएपनि बाबाआमा, बिन्दु, प्रविष्टि, भाईहरु सहित घरपरिवार आफन्त इष्टमित्र र गाउको प्रत्यक्ष माया र आशिर्वाद सधै छ ।

अग्रज आदरणिय नारायण रायमाझि सर, गायिका शान्ति जि , मोडल अन्जली अधिकारी जि, एरेन्जर कमल सौराग दाई, मान ब सर (मार्मिक स्टूडियो) , सह निर्देशक देबेन्द्र बब्लु, क्यामरा करण जि, सम्पादन प्रवीण जि , पोस्टर डिजाईनर पवन जि, आईटि राजेन्द्र सर लगायतको प्राविधिक टिम, व्यवस्थापक विराज दाई, सुनिल कान्छो , कार्यकारी निर्माता भाका नेपाल, सह निर्माता पृथ्वी थकाली दाई, सम्पुर्ण पात्रहरु सहित बोल मायाको टिमलाई यो पुरस्कार प्राप्त गर्नुको जस दिन चाहन्छु ।

सबै भन्दा बढि श्रेय तपाई दर्शक स्रोतालाई जान्छ । बोलमायालाई धेरै भन्दा धेरै माया दिनुभएकोमा धन्यबाद सहित यो खुसी सेयर गर्न चाहन्छु ।

गर्न धेरै नै बाकि छ । किनकि यात्रा भर्खर शुरुभएको छ । लौ मानम यात्रा कतै रोकिएछ भने पनि जीवनमा सन्तोष मान्ने एउटा गरुङगो पुरस्कार चै भयो । खुसी छु ।