दीप श्रेष्ठको ‘छोरी’ मा विजय लामा (भिडियो)

रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा गीत ”छोरी” सार्वजनिक भएको छ । मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको भिडियोमा क्याप्टेन विजय लामा, नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन् । भिडियोमा उत्सव दाहालको क्यामेरा, बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन् ।