Joy Ads

नाचघरमा चिनियाँ फिल्म महोत्सव

- मेराेफिल्म

हरेक वर्ष हुँदै आइरहेको चिनियाँ फिल्म महोत्सव आगामी २०७६ भाद्र ३१ देखि असोज २ गते सम्म आयोजना हुने भएको छ । काठमाण्डौस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुने महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा यसपालि ६ वटा चिनियाँ फिल्म प्रदर्शन गरिने भएको वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी गराए । रिमालका अनुसार महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘ द ग्राण्डमास्टर ’, दाँते लाम निर्देशित ‘ अपरेसन मेकङ ’, जँ ज्याक्युज अनौद निर्देशित ‘ वुल्फ टोटेम ’, लेस्त चेन निर्देशित ‘ ब्याटल अफ मेमोरिज ’, हान यान निर्देशित ‘ गो अवे मिस्टर ट्युमर ’ र हाइ चोङ निर्देशित ‘ रनिङ लाईक विन्ड ’ प्रदर्शन गरिनेछ ।

हरेक दिन २ वटा फिल्म प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निशुल्क हुने र पासका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ । महोत्सव अन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग एउटा विशेष अन्तरसंवादको कार्यक्रम पनि राखिएको वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकारले बताए ।

२०७६ भदौ २५ गते १३:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate