फिल्म ‘चिनी कम रंग कडा’ टिजर

फिल्म चिनी कम रंग कडा को टिजर सार्वजनिक भएको छ । विवेक घिमिरे निर्देशित फिल्ममा गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको छ । फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतको अभिनय रहेको छ । याचोपो रचलिक र लुका मौचेरीको छायांकन रहेको फिल्मको कलारिंग तथा सम्पादन कृष्ण भण्डारीले गरेका छन् । फिल्ममा मानव सुवेदिको संगीत रहेको छ भने शृंगार विना पाण्डेले गरेकी हुन् । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।