बर्षालाई चिन्ता छैन केही

चिन्ता छैन केही लोकगीत हिट थियो । यो गीत अभिनेत्री बर्षा राउतको जीवनमा लागू हुन्छ ।

बर्षालाई जात्रै जात्रा फिल्मले गर्मीमा चिसो पानी छरिदियो । यो फिल्म चलेर उनले आफू चलेको भन्न पाएकी छिन् । गोपी, चौका दाउ फिल्म नचल्दा उनको क्रेज छैन भनेर वुझिसकेका थिए मानिसहरुले । जात्रै जात्रा चलेर फाइदा भयो उनलाई ।

बर्षा जात्रै जात्रा फिल्ममा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकामा छिन् । बर्षा यो फिल्ममा मोटी देखिएपनि फरक परेन । किनकी, विवाहित महिलाको भूमिकामा मोटी देखिदा के भयो र भनेर उनले कारण भन्नेछिन् । बर्षाको स्वभाव छ एउटा । उनी फुडी हुन् । उनलाई खाने कुरा खान पाए पुग्छ ।

श्रीमानसंग यूरोप टुरमा जाँदा उनी खाएर मोताएकी थिइन् । अष्ट्रेलिया टुरबाट आएपछि पनि हालत उस्तै छ । उनको मोटाई श्रीमती बन्नसम्म त ठिकै छ । कि, अब हिरोइन नबन्ने हो र बर्षाले ।

उनी, अहिले पनि फुडी छिन् र खाना खाएको फोटोमै रमाइरहेकी छिन् । बर्षालाई चिन्ता केही नभएको हो ?