‘सिने इक्यूमेन्ट हाउस’ मा कोमल र दीपा

फिल्म छायांकनका लागि आवस्यक सम्पूर्ण उपकरण पाइने ‘सिने इक्यूमेन्ट हाउस’ राजधानीमा संचालनमा आएको छ ।

निर्देशक बसन्त निरौला, पब्लिसिटी डिजाइनर बिजय बस्याल, राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वली,  निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले अनामनगरमा संयुक्त रुपमा रिवन काटेर हाउसको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा शुभकामना दिदै वलीले बर्ष दिनभरी नै हाउसका सामान चलचित्र तथा अन्य प्रयोजनका लागि व्यस्त होस् भनेर शुभकामना दिइन् । हाउस निरौला र बस्यालले संचालनमा ल्याएका हुन् ।