‘कमेडी च्याम्पियन’ अडिसन खुल्ला, उत्साहजनक सहभागिता

आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने स्ट्यान्डप कमेडी कार्यक्रम ‘कमेडी च्याम्पियन’ को अडिसन खुल्ला भएको छ । अडिसनको बिषयमा जानकारी दिदै निर्माण टिमले एक भिडियो सार्वजनिक गरेको छ । कार्यक्रमकी होस्ट समेत रहने रीमा विश्वकर्मालाई देख्न सकिने भिडियोमा अडिसनमा सहभागी हुने तरिका बारे बताइएको छ ।

अडिसनमा सहभागी हुनका लागि ३ वटा तरिका अपनाउन सकिने छ ।  पहिलो स्मार्ट फोन युजर्सले कमेडी च्याम्पियनको एप डाउनलोड गरेर व्यक्तिगत जानकारी भरेर अडिसनको भिडियो पाठाउन सक्ने छन् । दोश्रो कमेडी च्याम्पियनको अफिसियल वेवसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु डट कमेडी च्याम्पियनमा गएर अडिसनको भिडियो पठाउन सकिने छ । र तेस्रो रेडियो अडियोको टोल फ्री नम्बर १६६००१६६१२३बाट समेत अडिसन दिन सक्ने छन् । नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्नेछ ।

कार्यक्रमका निर्देशक बिशाल भण्डारी रहेका छन् । प्रतियोगितामा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई निर्णायकको रुपमा रहने छन् ।

भिडियो हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसिपको अडिसन आफुहरु सहभागी हुन पाउने छन् । अडिसनबाट चयन भएकाहरुबाट एक पछी अर्को गर्दै अन्तत उत्कृष्ट ३ लाई फाईनलमा उतारिने छ । उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पियन घोषणा गरिने छ । उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । कार्यक्रम अभिनेत्री तथा नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । सान थापाले लेख्ने यो कमेडी च्याम्पियनको निर्मातामा अभिनेत्री केकी अधिकारी सहित राज घिमिरे र सृजा थपलिया छन् ।
https://www.facebook.com/comedychampion/videos/209001066713475/?t=1