‘कमेडी तन्त्र’को पहिलो प्रस्तुति : सुवास भण्डारीको ‘रितु र म’ (भिडियो)

स्ट्याण्ड अप कमेडी शो को क्रेज बढ्दै गएको समयमा मेरो फिल्मको युटुव च्यानलमार्फत यस किसिमको शो संचालनमा आएको छ । ‘कमेडी तन्त्र’ नामक स्ट्याण्ड अप कमेडी शो पोखरामा संचालन हुने गरेको छ । जसलाई मेरो फिल्म मार्फत सार्वजनिक गरिन्छ । क्लाउड नाइन रेष्टुरेन्ट एण्ड बारले पोखरामा उक्त शो गर्न थालेको हो ।

चिप्लेदुंगा स्थित क्लाउड नाइन रेष्टुरेन्ट एण्ड बारमा प्रत्येक शुक्रबार बेलुकी ७ बजेबाट शो हुने गरेको कार्यक्रमका आयोजक महेश्वर सिंह भण्डारीले जानकारी दिए । उक्त शोमा पोखरेली युवायुवतीहरु बिजय चापागाई, रबिन न्यौपाने, पबन भण्डारि, सुबास भण्डारि, इच्छा बानिया, सन्दिप पौडेलले आफ्नो प्रस्तुति राख्ने छन् । यस हप्ताको प्रस्तुति अन्तर्गत सुवास भण्डारीको प्रस्तुति रहेको छ ।