‘कुली नम्बर १’ पोष्टरमा सारा र वरुण

वरुण धावन र सारा अलि खान अभिनित फिल्म ‘कुली नम्बर १’ को पोस्टर सार्वजनिक भएको छ ।

डेविड धावन निर्देशित फिल्म आगामी वर्षाको मे १ बाट प्रदर्शनमा आउने छ । फिल्मका २ पोस्टर सार्वाजनिक भएका छन् । एक मा वरुण छन्, भने अर्कोमा सारा र वरुण । दुवै पोष्टर फन्नी लाग्छन् । फिल्ममा वासु बागनानी, ज्याकी बागनानी र दीपशिखा देशमुखको निर्माण रहने छ ।