‘कप्स’ अफिसयिल पोष्टर सार्वजनिक

आगामी १७ जेठबाट प्रदर्शनमा आउने फिल्म ’कप्स’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मको दुई पोष्टर सार्वजनिक गरेको छ । पोस्टरमा अनुप बिक्रम शाही, सन्दिपा लिम्बु, अनुपा भट्टराई रामराज क्षत्री, सम्राट शाक्य र अमित गिरी समेटिएका छन् ।

एक्शन तथा लभस्टोरी कथा मिश्रित फिल्म कप्समा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा कलाकार सम्राट सापकोटाको निर्देशनसँगै लेखन रहेको छ ।

अनुपसँगै फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा,  अनुपमा भण्डारी,  रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । फिल्म राम शाक्यले निर्माण गरेका हुन् । कप्समा सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको छ ।