फिल्म ‘कप्स’ को आइटम गीत सार्वजनिक

आगामी १७ जेठबाट प्रदर्शनमा आउने फिल्म ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्) को दोश्रो गीत रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो…बोलको आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन् । गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् ।

फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् । गीतमा नृत्य कलाकार रिया प्रधानको नृत्य रहेको छ । गीत कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । फिल्ममा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको फिल्ममा  सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । फिल्म राम शाक्यले निर्माण गरेका हुन् ।