दीपक र चेरिसा बज्राचार्यको कोरोनासम्बन्धी गीत सार्वजनिक

यूनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्राचार्यले कोरोना सम्बन्धित गीत सार्वजनिक गरेका छन् । रिक्की शाक्यको शब्द र दीपककै संगीतमा तयार भएको गीतमा दीपकलाई चेरिसा बज्रचार्यले गायनमा साथ दिएकी छन् । भिडियोमा पनि दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखे समेत प्रस्तुत गरेका छन् ।