‘कर्पोरेट क्वीन २०१८’ हुदैँ

‘कर्पोरेट क्वीन २०१८’ आयोजना  हुने भएको छ । आयोजक एसएप इन्टरटेन्टमेन्ट र इभेन्ट म्यानेजर आइडिया पिक्सलले काठमाडौमा सोमबार सयुक्त पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिएको हो ।

कार्यक्रमको अडिसन यहि नोभेम्बर १६ र १७ आगामी शुक्रबार र शनिबार काठमाडौ र  नोभेम्बर १९ र २० मा पोखरामा हुने र आयोजकले जानकारी दिएका हुन् । काठमाडौको लागी अडिसन फरेन हाइट क्लब ठमेल र पोखराको लागी एसएप एजुकेशनको अफिस न्युरोडमा हुने छ ।

अडिसनपछि छनौटमा परेका करिब ३० जना सहभागीहरुलाई १ हप्ता सम्म बन्द प्रशिक्षणमा राखी कर्पोरेट कल्चल सहित  मुख्य ४ विधा एथिक्स ,डिजाइनर, कर्पोरेट ,क्याजुवलमा प्रशिक्षण दिईने  र यस किसिमको ग्रुमिंग ट्रेनिंङबाट प्रतियोगीहरुमा कर्पोरेट सोसल रेस्पोसीबिलिटीको धारणा अन्तर्गत सामाजिक रुपान्तरण गराउने हुदा अरु सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक भएको आयोजकको दाबी छ ।  बन्द  प्रशिक्षण पोखरा र काठमाडौमा गरि  नोभेम्बर २३ देखि डिसेम्बर ७ सम्म हुनेछ ।

कार्यक्रमको ग्राण्ड फिनाले डिसेम्बर ८ मा रोयल पाल्म रिसोर्ट चाउथे पोखरामा हुनेछ । बिजेताले रु ७५ हजार फस्ट रनरअपले रु ५० हजार र सेकेण्ड रनरअपले रु २५ हजार पुरस्कार पाउने र बिजेताले अर्को साल अस्ट्रेलियामा हुने ”सिड्नी फेशननिष्टा १०१९”  मा” सहभागी हुन पाउनेपनि आयोजक एसएप इन्टरटेन्टमेन्टका प्रमुख सन्तोष अधिकारीले जानकरी दिए ।