गायक खरेल ‘क्रिकेट विकास समिति’ का दुत

गायक प्रमोद खरेल क्रिकेट विकास समिति प्रदेश १ को सद्भावना दूतमा नियुक्त भएका छन् । समितिको विराटनगरमा बसेको बैठकले खरेललाई दूत बनाएको हो । यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।


ओए झुमा, यो कुरा गोप्य, म बाहेक लगायत धेरै गीतमा स्वर दिएका खरेल पछिलो समय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का २ संस्करणका जज समेत रहिसकेका छन् ।