रुपक र मनिषाको ‘करेन्ट लाग्छ’ सार्वजनिक

गायक रुपक डोटेल र गायिका मनिषा पोखरेलको आवाजमा गीत ‘करेन्ट लाग्छ’ सार्वजनिक भएको छ । आईटम गीत स्टाईलको यस गीतमा निश्चल कल्पनाको शब्द तथा के.बि. भण्डारीको संगीत रहेको छ । फिल्ममा राखिने आईटम गीत जस्तै लाग्ने यस गीतको भिडियोलाई उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक आदित्य बुढाथोकीले बताए । भिडियोमा राज बस्नेत, बिनु शाक्य, करण शाह लगायतको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायांकन गरेका छन् भने प्रकाश एसकेले संपादन गरेका छन् ।