सलमानको ‘दबंग ३’ प्रदर्शन मिति तय

सलमान खान अभिनित फिल्म ‘दबंग ३’ को प्रदर्शन मिति तय भएको छ ।  फिल्म यहि वर्षाको डिसेम्बर २०बाट प्रदर्शनमा आउने छ । फिल्म प्रदर्शनका लागि निर्माण टिमले क्रिसमस र नया बर्षलाई छेको पारेका छन् ।

यस अघिका २ फिल्मले बक्स अफिसमा धमाका मचाएका थिए भने सलमानका फ्यानको लागि यो फिल्म समेत प्रतीक्षारत बनेको छ । फिल्म एकसाथ हिन्दी, कन्नाडा, तामिल र तेलुगु भाषामा आउने छ । फिल्म वान्टेड पछी सलमानले यो फिल्ममा निर्देशक प्रभु देवासंग टिमअप गरेका छन्।