‘दुई रुपैयाँ’ टिमको डामाडोल छायांकन अनिश्चित

फिल्म ‘डामाडोल’को छायाँकन पछि सरेको छ  । फिल्मका निर्माता तथा कलाकार आशिफ शाहले फिल्मको छायाँकन फागुनबाट गर्ने तयारी रहे पनि तिम्कै व्यस्तताका कारण काम सुरु गर्न नसकिएको बताए ।

असिम शाहले निर्देशन गर्ने फिल्म ‘डामाडोल’मा निश्चल र आशिफको मुख्य भूमिका रहनेछ । निश्चल र आशिफसँगै नायिका आँचल शर्मा फिल्ममा रहने छिन् । छायाँकन गर्ने टुंगो नलागेसँगै साउन ३० गतेलाई तोकिएको प्रदर्शन मिति समेत परिवर्तन हुनेछ । यस अघि यहि तिम्ले निर्माण गरेको फिल्म ‘दुइ रुपैयाँ’ सफल सावित भएको थियो ।