नाट्य महोत्सव अन्तर्गत शनिबार ‘दयालु रुख’ लाइभ स्ट्रिमिङ हुदै

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को नवौं दिन शनिबार नाटक ‘दयालु रुख’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । नाटक साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ ।

कथाघेराको प्रस्तुतिमा बनेको नाटकमा आकांक्षा कार्कीको परिकल्पना तथा निर्देशन रहेको छ । यो नाटक अमेरिकी लेखक शेल सिल्भरस्टेनको बालकथा ‘द गिभिंग ट्री’ मा आधारित रहेको छ । विश्व प्रसिद्ध उक्त कथा धेरै भाषाहरुमा पनि अनुवादित भैसकेको कथा हो । नाटकमा इंगि होपो कोईच सुनुवार, सुम्निना साम्पाङ्ग, रोशनी स्यान्ग्बो, अर्चना पन्थी, प्रयास बान्तवा राइ, सलमान खान गुरुङ, आलोक थामी र आयान खड्काको अभिनय रहेको छ ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो ।